Skip to content
Shikhar Insurance
National Life

चन्द्रपुरमा बाबुराम दाहालको नेतृत्वमा नेकपा(एकिकृत समाजवादी)को १०१ सदस्यिय कमिटी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीले रौतहटको चन्द्रपुर नगरपालिकमा १०१ सदस्यीय नगर कमिटी गठन गरेको छ । वृहत कार्यकर्ता भेला गरेर पार्टीले युवा नेता दाहालको नेतृत्वमा नयाँ कमिटी निर्माण गरेको हो । दाहालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट मेयरको टिकट पाएका थिए । तर ओली समुहका अर्का नेताले सुटुक्क उम्मेदवारी दर्ता गरेपछि दाहाल पछि हट्नु परेको थियो ।

संबिधान सभा सदस्य तथा एकिकृत समाजवादीका केन्द्रिय सदस्य राम कुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको भेलाले आगामी निर्वाचनमा पाटीको जितलाई सुनिश्चित गराउने योजनासहित गतिबिधी अघि बढाउने घोषणा पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संबिधा सभा सदस्य भट्टराईले केपी ओलीको स्वेच्छाचारीताका कारण कम्युनिष्ट आन्दोलन नै समाप्त हुने जोखिम बढेपछि आफुहरुले माधव नेपालको नेतृत्वमा बिद्रोह गरेर नयाँ पार्टी बनाएको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्