Shikhar Insurance
National Life

कामना सेवाका लगानीकर्ता मालामाल, साढे १९ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार २०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकका लगानीकर्ता मालामाल हुने भएका छन् । बैंकले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश गरि कुल १९.४७ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी लाभांशपछि ३ अर्ब १४ करोड रुपैयाँ हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७३।७४ मा १२ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा ९.५, आर्थिक वर्ष २०७५।७६ मा ६.८ प्रतिशत र आर्थिक वर्ष २०७६।७७ मा ४.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्