Shikhar Insurance
National Life

डिजिटल वालेट ल्याउने पहिलो विकास बैंक बन्यो कामना सेवा, खाता नहुनेले पनि पाउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १९:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले केएस डिजी वालेट सेवा आरम्भ गरेको छ । बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा आरम्भ गरेको हो । डिजिटल वालेट सेवा सुरु गर्ने पहिलो विकास बैंकका रुपमा पनि कामना समेवा स्थापित भएको छ ।

केएस डिजीबाट बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरेर केएस डीजी वालेट खोल्न सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले केएस डीजी वालेट सेवाको आरम्भ गरेका हुन् । डिजिटल वालेट खोल्न एपमा फेस रिकग्निसन गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सार्थ खाता खोल्न, ऋणका लागि आवेदन दिन र क्युआर कोड लगायतका सेवा बैंकले उपलब्ध गराउँदै आएको छ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएमबाट सेवा दिईरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्