Shikhar Insurance
National Life

स्यानिटरी प्याडमा कर बढाएको छैन : अर्थमन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडमा कर वृद्धि नगरेको दावी गरेका छन् । मन्त्री शर्माको सचिवालयले विज्ञप्ति प्रकाशित गर्दै स्यानिटरी प्याडमा कर बढाएको आरोपको खण्डन गरेको हो ।

‘वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको छ ।’, मन्त्री शर्माको सचिवालयले भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री शर्माले सचिवालय मार्फत विज्ञप्ति निकाल्दै स्यानीटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको दावी गरेको हो ।

सरकारले स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिदिएको पनि मन्त्री शर्माले दावी गरेका छन् । स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्