Shikhar Insurance
National Life

रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले रुकुम पूर्वमा नयाँ शाखा खोलेको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लामा रहेको शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरे ।

सो क्रममा उपाध्यायले कृषिको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यावसायिक कृषि तिर लाग्न सर्वसाधारणलाई आग्रह गरे । उनले त्यस क्षेत्रका जनताको जीवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंक सहकार्य गर्न तयार रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले जतिसक्दो उत्पादन मुलक व्यवसायमा जोडिने कृषकलाई सहुलियत पुर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आवद्ध गराई लैजाने बताएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्