Shikhar Insurance
National Life

परिसूचक बढेपनि नेप्सेमा तीब्र उतारचढाव, एकैदिनको उच्च र न्युन बिन्दुमा १५१ अंकको अन्तर

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा मंगलबार तीब्र उतारचढाव देखिएको छ । कारोबार सुरू भएको आधा घन्टाभित्र ८० अंकले घटेको नेप्से परिसूचकमा अर्को आधा घन्टामा १ सय ५१ अंकको सुधार आएको हो ।

२६९३ अंकमा खुलेको सेयर बजार साढे ११ बजेसम्म २६१५ अंकमा आइपुगेको थियो । लगत्तै अर्को १० मिनेटमा नेप्से २६६७ मा ओर्लियो । अर्को १५ मिनेटमा परिसूचक २७४१ अंकमा चढ्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसपछि सामान्य घटबढ हुँदै नेप्से अन्त्यमा २७१२.०७ अंकमा रोकियो । यो उतारचढावका माझ लगानीकर्ता सेयर खरिद वा बिक्री गर्ने अन्योलमा देखिए ।

नेप्से १३.८३ अंकले बढेको दिन १ करोड ५३ लाख कित्ता सेयर ७ अर्ब ३६ करोड रूपैयाँमा किनबेच भए । बजारमा कारोबारमा आएका १ सय २२ कम्पनीको सेयर मुल्य बढ्दा ५४ वटाको घटेका छन् । कुल २ सय २३ स्क्रिप्ट किनबेच भएका छन् ।

नेप्से बढेको दिन मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्