Shikhar Insurance
National Life

नेपाल बंगलादेश क्यापिटल बन्यो तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार १३:००
Hyundai
NCELL
NIMB

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिस्ट्रार सम्बन्धी काम गर्नका लागि द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको प्राथमिक सेयर निष्काशन भइ कम्पनीको चुक्तापुँजी ४० करोड पुगेको छ । चुक्तापुँजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ संस्थापकबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासमेत) नेपाली नागरिकहरुबाट कम्पनीको पुँजी उठाइएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जमा सूचीकरण र सीडीएस एन्ड क्लियरिङमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोबार हुने व्यवस्था मिलाउने बताएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्