Shikhar Insurance
National Life

अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

सिंहदरबार संवाददाता
२०७८ आश्विन २, शनिबार २१:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससङ पराजित भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

खेलको ३९औं मिनेटमा चोट लागेसँगै बिमलाले मैदान छाडेकी थिइन् । प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्सविरुद्ध बिमला बिकलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका छन् । नेपालले अन्तिम ९० र थपिएको दुई मिनेटमा लगातार दुई गोल बेहोरेको थियो ।

अब नेपालले मंगलबार हङकङसङ खेल्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्