Shikhar Insurance
National Life

मसँग टक्कर लिनेहरु चकनाचुर हुन्छन्ः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७८ आश्विन २, शनिबार २१:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफुसँग टक्कर लिनेहरु चकनाचुर हुने बताएका छन् । रौतहट–काठमाडौं सम्पर्क मञ्चको एकिकृत समाजवादीमा रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुसँग टक्कर लिनेहरु चकनाचुर हुने बताएका हुन् । भोजपुरीमा सम्बोधन गर्दै उनले भने–‘पहरामा टाउको ठोक्काउनेहरुको जुन हालत हुन्छ, त्यसरी नै मसँग टक्कर लिनेहरु चकनाचुर हुनेछन् ।’, अध्यक्ष नेपालले भने ।

उनले आगामी निर्वाचनसम्म गठबन्धन बनाएर जाने र केपी ओलीलाई सबक सिकाउने घोषणा पनि गरे । ‘आगामी चुनावसम्म हाम्रो गठबन्धन कायमै रहन्छ, हामी बाम लोकतान्त्रिक सरकार सञ्चालन गर्छौँ ।’, अध्यक्ष नेपालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आगामी निर्वाचनमा देशभर आफ्नो पार्टीमा लहर आउने दावी पनि गरे । अध्यक्ष नेपालले एक नम्बर र बागमति प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउने पनि बताए । त्यस्तै, २ वटा प्रदेश प्रमुख समेत आफ्नो पार्टीले पाउने सहमति भएको बताएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्