काठमाडौं । नेप्से परिसूचक ४०.२६ अंकले घटेको छ । साताको चौथो दिन बुधबार परिसूचक १.३७ प्रतिशतले घटेर २८८९.०३ अंकमा आइपुगेको हो ।
बुधबार कारोबारमा आएका १ सय ७२ कम्पनीको सेयर मूल्य घट्दा परिसूचकमा भारी गिरावट आएको हो । ११ कम्पनीको भने सेयर मुल्य बढेका छन् ।
बजारमा १ करोड ५ लाख कित्ता सेयर ५ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भए । जसमध्ये अरुण भ्याली हाइड्रोको सर्वाधिक २२ करोड रुपैयाँको सेयर कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्