Shikhar Insurance
National Life

एमसीसीको नक्कली कागज सेयर गर्नेलाई साइबर ब्युरोले कारबाहीमा गरिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार १९:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । एमसीसी नेपाल च्याप्टर प्रमुखको फर्जी हस्ताक्षरसहितको ‘गोप्य’ कागजातबारे छानबिन गर्न मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । एमसीएले असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउन एमसीए–नेपालले प्रहरीसँग समन्वय गरेको हो ।

एमसीए नेपाल च्याप्टरले सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने दाबी गरिएको थियो भने नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छाप पनि प्रयोग गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सरकारले सोधेको केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त कागजात सामाजिक सञ्जालमा देखापरेको थियो । नक्कली कागजातप्रति एमसीए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन प्रस्तुत गरिसकेको छ तर उक्तसामग्री सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको छ ।

एमसीएले उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो सञ्चारगृह एवं व्यक्तिसँग कुनै कार्य नभएको जानकारी गराएको छ ।

यसैगरी उक्त सन्देशमा संलग्न गरिएको जस्तो लेटरहेड एमसीए–नेपालले कहिल्यै प्रयोग नगरेको बताइएको भने दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक विष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्