Shikhar Insurance
National Life

एक दिन बाँकी छँदै नबिल ब्यालेन्स्ड फन्डमा मागभन्दा बढी आवेदन

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार १९:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल म्युचुअलफन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नबिल ब्यालेन्स्ड फन्ड–३’ मा माग गरेभन्दा आवेदन परेको छ । प्रति एकाई मूल्य १० रुपैयाँका दरको १० करोड एकाईमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाई संख्याको न्युनतम १४ प्रतिशत एकाई कोष प्रवर्द्धक नबिल बैंक र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख एकाई सार्वजनिक निष्काशन गरेको ३ दिनमै माग भन्दा बढी एकाई खरीदका लागि आवेदन प्राप्त भएको हो ।

हालसम्म १ लाख ४ हजार ७ सय ७९ आवेदकबाट १२ करोड ६२ लाख ५५ हजार ४० एकाई खरिदका लागि आवेदन परेको हो । यो आवेदन जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशत बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजनाको बिक्री बन्द भोलि मात्र हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्