Shikhar Insurance
National Life

‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’ खोल्नेले पाउँछन् यस्तो लाभ

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट को शुभारम्भ गरेको छ । १ हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाको व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न ग्राहकले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट खोल्न सक्छन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्