Shikhar Insurance
National Life

कृष्णगोपालको ठोकुवा : विद्यासुन्दरले धेरै योगदान गरे, काठमाडौंवासीले उनलाई फेरि मेयर बनाउँछन्

सिंहदरबार संवाददाता
२०७८ भाद्र २६, शनिबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र–पर्व मनाउन अपिल गेका छन् । विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भने, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताए । ‘कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गैरहेका छौँ । जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भने,  ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी आफू–आफू सचेत भएर मनाउन आग्रह गर्दछु,’ उनले भने, ‘कोभिडको त्रास अझै समाप्त भै सकेको छैन । त्यसैले जात्रामा अग्रपङ्त्तिमा खट्नै पर्नेले मात्रै सहभागी भैदिनु होला । अरुले टाढै बसेर व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउनु होला । इन्द्रजात्रा हामीले व्यवस्थित गर्न सकेको अवस्थामा अन्य जात्रा पनि बनाउन थप सहज हुन्छ ।’

त्यसैगरी आजै २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गर्दै प्रमुख शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताए । प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको उद्घाटनपछि सम्वोधन गर्दै शाक्यले भने– ‘कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनको अभियानमा हामी योजना बनाएर लागेका छौँ ।’

उनले २०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिकाका लागेको स्मरण गराए ।

उनले नासः मन्दिर यो क्षेत्रको ऐतिहासिक सम्पदा रहेको पनि बताए । ‘यो तल्लो भेगलाई तल नै परेको ठाउँ भनिन्थ्यो, तर अहिले यो ठाउँले विकास गरी माथि आइसकेको छ,’ उनले भने, ‘पहिले पहिले यो सबल बहालमा आउने मानिसहरू नाक थुनेर आउने गर्थे, अहिले आफूलाई सबल बहालको नागरिक भन्दा गर्व गर्न सक्ने अवस्था आएको छ । यसको गौरव अझ बढाउन हामीले आर्थिक समृद्धि गर्नुपर्दछ ।’

शाक्यले आर्थिक समृद्धि भयो रैथाने थातथलोको घर बेचेर अन्त जानु पर्ने अवस्था नआउने बताए । ‘यसको लागि सबैभन्दा पहिले घरको दाजुभाइहरू मिल्नु, त्यसपछि परिवार मिल्नु पर्‍यो,’ उनले भने, ‘त्यो भयो भने टोल र समाज पनि मिल्न सकिन्छ ।’ शाक्यले आफु यहि क्षेत्रको जनप्रतिनिधि भएकाले आफ्नो तहबाट विकासका लागि कुनै कमी हुन नदिने भन्दै प्रदेशमा यहि क्षेत्रका माननीय डाक्टर अजयक्रान्ति शाक्य मन्त्री हुनु भएको स्मरण गराए । ‘प्रदेशबाट आवश्यक काम प्रदेश मन्त्रीले गर्नुहुन्छ,’ कार्यक्रममा उपस्थित पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठतिर संकेत गर्दै भने, ‘केन्द्रबाट पर्ने सहयोग उहाँबाट हुन्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहेका कृष्णगोपाल श्रेष्ठले २०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहालहरू जम्मै अहिले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा पुनर्निर्माण भइसकेको बताए । ‘उहाँकै नेतृत्वमा काठमाडौंको भाषा बचाउन १ देखि ८ कक्षासम्म नेपालभाषामा पठन पाठन गराउने ऐतिहासिक कार्य भएको छ,’ श्रेष्ठले भने, ‘काठमाडौंमा अहिले आधुनिक दमकल, आधुनिक मेशिनहरू ल्याएर सरसफाइ गर्ने कार्यहरू भइरहेका छन् । मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा कति महत्वपूर्ण काम गर्नुभएको छ भन्ने कुरा यही सवल बहालको अवस्थालाई मात्रै हेरे पनि थाहा हुन्छ । अब ६ महिना पछि हुने चुनावमा यहाँहरूले उहाँको मूल्यांकन गर्नुपर्छ ।’

उनले सवल बहाल भनेको भूमिगत कालमा धेरै धेरै नै पार्टीहरूलाई सेल्टर दिएर, पालेर पठाएको ऐतिहासिक ठाउँ भएको पनि उनले स्मरण गरे ।

नासः मन्दिर जिर्णोद्घार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पोडेले उक्त मन्दिर नेपाल सम्मत् ९२७ अर्थात् वि.सं. १८६४ मा निर्माण भएको भन्दै हाल जिर्ण भै भत्किने अवस्थामा पुगेकाले काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र कमिटीको सक्रियतामा जिर्णोद्घार गरेको बताए । कमिटीले दिएको जानकारी अुनसार महानगरपालिकाले ४८ लाख सहयोग गरेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्