Shikhar Insurance
National Life

पाल्पामा बन्यो नेकपा(एकिकृत समाजवादी)को जिल्ला कमिटी, को को आए नेतृत्वमा ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र २६, शनिबार १७:४५
Hyundai
NCELL
NIMB

तानसेन । पाल्पामा नेकपा (एकीकृत समाजवादी)ले एक सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । सदरमुकाम तानसेनमा आयोजीत भेलामा संघीय सांसद सोम प्रसाद पाण्डेले १२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका हुन् । भेलाले कमल पाण्डेयको नेतृत्वमा एक सय २५ सदस्यीय नेकपा एकीकृत समाजवादी पार्टी पाल्पा घोषणा गरेको हो । अध्यक्ष बनेका पाण्डेय यसअघि नेकपा एमालेमा उपसचिव थिए ।

यस्तै कमिटिको उपाध्यक्षमा लुम्विनी प्रदेश सभाका सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उपसचिवमा कमल सेनलाई चयन गरिएको छ । घर्ती, गैरे र सेन यसअघि एमालेका जिल्ला कमिटी सदस्य थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्