Shikhar Insurance
National Life

संशोधित बजेट : शैक्षिक गुणस्तर सुधार्न हरेक प्रदेशमा उत्कृष्टता केन्द्र, पर्यटन क्षेत्रलाई छुट तथा सहुलियत

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार २१:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सक्षम जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर सुधार्न हरेक प्रदेशमा एक उत्कृष्टता केन्द्र स्थापना गर्ने भएको छ ।  प्रतिनिधिसभामा आज अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा सूचना तथा प्रविधिको प्रयोग गरी गुणस्तरीय शैक्षिक सामग्री उत्पादन गरी वितरण गर्ने उल्लेख छ ।

प्रस्तावित बजेटमा शैक्षिक क्षेत्रका नक्साकङ्नसहित योजनाबद्धरुपमा पढ्दै कमाउँदै कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमूनाका रुपमा थालनी गर्ने, शिक्षकलाई अलग्गै अस्पताल स्थापना गर्ने, विश्वविद्यालयलाई अनुसन्धानका लागि पूर्वाधार विकाससहित विकास गरिने, पुरानो र ऐतिहासिक कलेज त्रिचन्द्र कलेज, घन्टाघरलाई पुरानै शैलीमा पुनःनिर्माण गरिने पनि जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियतसहितका कार्यक्रम घोषण गरेको छ ।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक अध्यादेश प्रतिस्थापन विधेयकमा पर्यटन क्षेत्रलाई छुट तथा सहुलियतसहित विभिन्न किसिमका पूर्वाधार निर्माण तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको हो ।

पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकरसम्बन्धी विशेष छुट सहुलियत दिइने जनाइएको छ । नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक सङ्ग्रहालय स्थापना गरिने बजेटमा व्यवस्था गरिएको छ ।

राष्ट्रिय महत्वका आयोजना तथा उद्योगमार्फत रोजगारी प्रदान गर्नुका साथै उद्योगमा स्वदेशी कच्चा पदार्थको उपयोग गरिने बजेटमा व्यवस्था गरिएको छ । राष्ट्रिय महत्वका जलविद्युत् आयोजना, अन्तरराष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा ३०० जनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा गरिने लगानीलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्