Shikhar Insurance
National Life

साधनाका लघुवित्तका लगानीकर्तालाई २६.३२ प्रतिशत लाभांश, सिईओमा दोहोरिए न्यौपाने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले २६.३२ प्रतिशत लाभांश पाउने भएका छन् । साधनाको भदौ २४ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नदद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । कम्पनीको चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपैयाँ रहेको छ । सो चुक्ता पुँजीको २५ प्रतिशतले हुने ६ करोड ४२ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको बोनस सेयर र १.३२ प्रतिशतले हुने ३३ लाख ८१ हजार ३ सय २१ रुपैयाँ बराबरको नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय सञ्चालक समितिले गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधनाले रेशम न्यौपानेलाई दोश्रो कार्यकालका लागि पुनः सिईओ नियुक्त गरेको छ । भदौ २४ गते नै बसेको सञ्चालक समिति बैठकले असोज १ गतेदेखि लागु हुने गरि चार वर्षका लागि पुनः सिईओ नियुक्त गरेको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्