Shikhar Insurance
National Life

कैलाली र कञ्चनपुरका स्थानीय तहमा बीमा सचेतना कार्यक्रम

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार २१:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले सदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका स्थानीय तहरुमा बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ । समितिले कैलालीको टिकापुर र कञ्चनपुरको बेलौरी नगरपालिकामा जनप्रतिनिधी र स्थानीय बासिन्दाहरुको सहभागीतामा जनचेतनामूलक कार्यक्रम गरेको हो ।

समितिका उपनिर्देशक श्री विरोध भट्टको नेतृत्वमा कैलालीको टिकापुर र बेलौरीका मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरु र स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा सचेतना कार्यक्रममा समितिका तर्फबाट भट्टको नेतृत्वमा सहायक निर्देशक निश्चलराज बाँनिया, सहायक प्रथम अनुराग पाण्डेय लगायत सुदुरपश्चिम प्रदेश पुगेका छन् । समितिले बीमा सम्बन्धी साक्षरता अभिवृद्धिको बार्षिक योजना अनुसार सदुरपश्चिम प्रदेशका स्थानीय तहहरुमा कार्यक्रम गरेको भट्टले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्