Shikhar Insurance
National Life

टीभीएसले सार्वजनिक गर्‍यो थ्री–इन–वान मोटरसाइकल, यस्ता छन् फिचर

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १७:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । टिभिएस अपाचे आरटीआर २०० फोरभी मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको छ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले मोटरसाइकल सार्वजनिक गरेको हो ।

उक्त अवसरमा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले टीभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैँ नेपाली ग्राहकहरुले मन पराएको तथा नयाँ नयाँ मोडललाई समेत नेपाली बाइक रेसरहरुले माया गर्ने आशा गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अग्रवालले नयाँ मोडलको मोटरसाइकललाइ नेपाली सडकमा १० हजार किलोमिटर बिभिन्न करिब ३०० ओटा सेन्सर जडान गरेर टेस्ट राइड गरेको, नेपाल भरका करिब सबै पेट्रोल पम्पहरुमा पेट्रोल हालेको, नेपालको उच्च हिमाली सडमा समेत चलाएर जाँच गरेकाले सुरक्षा लगायतको समस्या नभएकाले छिटैनै नेपाली राइडर हरुमाझ लोकप्रिय हुने विश्वास लिएको बताए । अपाचे आरटीआर २०० फोरभीलाई थ्री–इन–वान मोटरसाइकल भन्न मिल्छ । यसमा स्पोर्ट, अर्बन तथा रेन गरी ३ वटा फर्स्ट इनक्लास राइडिङ मोड छन् । बाइकलाई ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गरी चलाउन मिल्छ ।

यसमा रहेका मोडहरुलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाएकै समयमा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ । यसैगरी यस मोटरसाइकलमा फर्स्ट इन-सेग्मेन्ट एड्जस्टेबल सस्पेन्सन र लिभर छ भने यसको पुरै ग्राफिक्स रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको छ ।

यो मोटरसाइकलमा जीपीएस ट्रयाकिङ सिस्टम, एप कन्ट्रोलिङ, फोन डिस्प्ले मोनिटर, ब्लुटुथ कनेक्सन तथा स्मार्ट राइडिङ मेकानिज्म भएकाले यो बाइकलाई स्मार्ट स्पोर्टी भन्न मिल्ने कम्पनीको दाबी छ ।

 

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्