Shikhar Insurance
National Life

एमालेमै रोकिनेलाई अष्टमलक्ष्मीको तक्मा, १० जनालाई बनाइन् मन्त्री

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार २०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराए ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधारमन्त्री, रचना खड्कालाई आर्थिक मामिला तथा योजनामन्त्री, विजय सुवेदीलाई सामाजिक विकासमन्त्री, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्यमन्त्री, डा अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, चन्द्र लामालाई भूमि व्यवस्था, कृषि सहकारीमन्त्री, जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग, पर्यटन वन तथा पर्यटन राज्यमन्त्री र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि सहकारी राज्यमन्त्रीमा उनले शपथग्रहण गराए । शपथ कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, मुख्यमन्त्री शाक्यलगायतको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैभन्दा कान्छी खड्का अर्थमन्त्री
दोलखाकी खड्कालाई मुख्यमन्त्री शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी मन्त्री बनेकी छन् । उनले आज आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा पद तथा गोपनियताको शपथग्रहण गरिन् ।

विसं २०४१ असार ५ गते जन्मिएकी खड्काको राजनीतिक यात्रा विसं २०५५ बाट सुरु भएको जनाइएको छ । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीति सुरु गर्नुभएकी खड्का विसं २०५५ मा प्रारम्भिक कमिटी उपाध्यक्ष रहेकी थिइन् । १७औँ राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय सदस्यमा निर्वाचित खड्का १८औँ र १९औँ सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरिन् ।

एमाले विभाजनका बेला तत्कालीन माधवकुमार नेपाल समूहको बागमती प्रदेश कमिटी सचिवको हैसियतमा काम गरेकी खड्का पार्टी औपचारिक विभाजनमा आइपुग्दा ओली टिममै बसिन् । मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहेकी खड्का प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलोपटक मन्त्री बनेकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्