Shikhar Insurance
National Life

‘एमसिसीका विषयमा एमालेमा एकमत छ, पास गर्ने कि फेल पेश भएपछि थाह हुन्छ’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १९:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका छन् । सरकारले एमसिसीको प्रस्ताव संसद्मा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले राष्ट्रको हितलाई केन्द्रमा राखेर र जनताको चाहनाअनुसार निर्णय गर्ने बताए । एमसिसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उनको भनाइ थियो । एमाले विभाजन नभई सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुआत भएको पौडेलले सुनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पार्टी विभाजन विचार र दर्शनका आधारमा नभई लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाए । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उनको भनाइ थियो । पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताए । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मकरुपमा लिएर रचनात्मकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्