Shikhar Insurance
National Life

सहुलियत पसल असोज १ देखि चल्ने, खसीबोकामा १० रूपैयाँ छुट ! (केमा कति ?)

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १४:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले असोज १ गतेदेखि देशभर चाडपर्वलक्षित सहुलियत पसल चलाउने भएको छ । कात्तिक २४ गतेसम्म देशभर ३९ वटा दशैं तिहार लक्षित पसल चलाउने निर्णय सरकारले गरेको हो ।

सहुलियत पसलमा सरकारले चामलमा प्रतिकिलो ५ रूपैयाँ, सिमी तथा फापरमा १० रूपैयाँ छुट दिने भएको छ । यस्तै नुनमा २ रूपैयाँ तथा चिनीमा ५ रूपैयाँ छुट दिने निर्णय भएको छ । वाणिज्य तथा आपूर्ति सचिवको अध्यक्षतामा बसेको वैठकले खसीबोकामा प्रतिकिलो १० रूपयाँ छुट दिने निर्णय गरेको छ । यसैगरी दुग्ध विकास संस्थानले बिक्री गर्ने दुध, पनीर, घ्युमा पनि छुट दिइने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहुलियत पसल सरकारी कम्पनीहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन तथा डीडीसी मिलेर सञ्चालन गर्नेछन् ।

यस्तै चाडपर्वलाई लक्षित गरी खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन सरकारले नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मन्त्रालयले चाडपर्वको समयमा खरिद, बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य वस्तुको मूल्य, गुणस्तर र तौललगायतका विषयमा कार्ययोजना बनाई थप सघन र संयुक्त अनुगमन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्