Shikhar Insurance
National Life

रौतहटमा आक्रामक संगठन विस्तार गर्दै नेकपा(एकिकृत समाजवादी)

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार २१:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले रौतहट जिल्लामा आक्राम ढंगले संगठन निर्माण थालेको छ । तत्कालिन एमालेको सिँगै जिल्ला कमिटीलाई समाजवादीमा रुपान्तरण गरेपछि स्थानीय तहहरुमा कमिटी निर्माण थालिएको हो ।

संगठन निर्माणका लागि पार्टी केन्द्रिय सदस्य तथा संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणाी खड्का, संबिधान सभा सदस्य राम कुमार भट्टराई, सांसद सरला यादव, प्रदेश सभा सदस्य हसिमा खातुन, पार्टीका जिल्ला अध्यक्ष कमल राय यादव, सचिव लक्ष्मण रेग्मीसहितको टिम नै खटिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रौतहट जिल्ला कमिटै पुरै माधव नेपालको पार्टीमा रुपान्तरण भएपछि स्थानीय तहहरुमा आक्रामक संगठन विस्तारको काम अघि बढाइएको पार्टी सचिव रेग्मीले बताए । हालसम्म ९ वटा नगरपालिकाहरुमा संगठन रुपान्तरणको काम सम्पन्न भैसकेको छ ।

भदौ २१ गते मात्रै नेकपा (एमाले)राजपुर नगर पालिका कमिटि बैठकको सर्वसम्वत निर्यण अनुसार सिग्गो राजपुर नगर पालिका कमिटि नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादीी पार्टीमा रुपान्तरीत भएको छ। शेष शाह महमदको संयोजकत्वमा रुपान्तरीत उक्त ५१ सदस्यिय कमिटिलाई प्रमुख अतिथि केन्द्रिय कल्याणी खड्काले पद र गोपनियताको सफत ग्रहण समेत गराएकी थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्