Shikhar Insurance
National Life

गभर्नरलाई फोन गर्दै अर्थमन्त्रीको उर्दिः पुँजी बजारको माग सम्बोधन गर्नु

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका हुन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भने । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्