Shikhar Insurance
National Life

गृहमन्त्रालयको धम्कीपूर्ण विज्ञप्ति जलाउँदै अनेरास्ववियू

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्रालयको धम्कीपूर्ण विज्ञप्ति जलाउने भएको छ ।
दार्चुलाका जयसिंह धामीको तुईन काटेर हत्या गरेको तथा नेपाली भूभागमा सैन्य हेलिकप्टर उडाएको बिरोधमा अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो ।

देउवा सरकारको महत्वपूर्ण घटक नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जनाएपछि गृह मन्त्रालयले त्यस्तो नगर्न भन्दै धम्कीपूर्ण विज्ञप्ति प्रकाशित गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गृहको धम्कीपूर्ण विज्ञप्ति नै जलाउने कार्यक्रम तय भएको अनेरास्ववियूका सचिव अशोक थापाले बताए । उनले आज अपरान्ह ३ बजे बानेश्वरस्थित मिनभवन क्याम्पसमा गृहको विज्ञप्ति जलाउने कार्यक्रम तय भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्