Skip to content
Shikhar Insurance
National Life

नेकपा(एकिकृत समाजवादी)का नेताहरुको कार्य विभाजन, कसले के जिम्मा पाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीले नेताहरुको कार्य विभाजन गरेको छ । प्रदेश इञ्चार्जदेखि दस्तावेज लेखनको जिम्मा समेत तोकिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको पार्टीका अपानी अनुसार प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, वागमती प्रदेशमाः केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्विनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई इञ्चार्ज तोकिएको छ ।

सुदुरपश्चिम प्रदेशको इञ्चार्ज पछि तय गर्ने भनिएको छ । त्यस्तै, उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह इञ्चार्ज तोकिएका छन् ।
दस्तावेज लेखनको जिम्मेवारी भने बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको टिमलाई दिईएको छ ।
१. झलनाथ खनाल (संयोजक)
२. डा. बेदुराम भुसाल (सदस्य)
३. प्रमेश हमाल (सदस्य)
४. राजेन्द्र पाण्डे (सदस्य)
५. डा. गंगालाल तुलाधर (सदस्य)
६. डा. विजय पौडेल (सदस्य)
७. प्रकाश ज्वाला (सदस्य)
८. जगन्नाथ खतिवडा (सदस्य)
९. केशवलाल श्रेष्ठ (सदस्य)
१०. सावित्रा भुसाल (सदस्य)
११. रामकुमारी झाँक्री (सदस्य)
१२. राजेन्द्र राई (सदस्य)
१३. गणेश विक (सदस्य)

GBIME

प्रतिक्रिया दिनुहोस्