Shikhar Insurance
National Life

सिन्धुली–काठमाडौं सम्पर्क मञ्च पुरै समाजवादीमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र १९, शनिबार २१:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को सिन्धुली–काठमाडौं सम्पर्क मञ्च र त्यस मातहतका सम्पूर्ण कमिटीहरु नेकपा(एकिकृत समाजवादी)मा समाहित भएका छन् । शनिबार राजधानीमा आयोजीत कार्यक्रममा नेकपा(एकिकृत समाजवादी)का नेता विजय पौडेलको उपस्थितिमा सम्पर्क मञ्चको पुरै टिम समाजवादीमा रुपान्तरण भएको अध्यक्ष अमर बहादुर थापा मगरले बताए ।

एमाले सम्पर्क मञ्चको अध्यक्ष रहेका थापा नेतृत्वको टिम समाजवादी भएसँगै ५१ सदस्यिय कमिटी बनेको हो । केपी ओलीको प्रतिगामी कदमले कम्युनिष्ट आन्दोलन नै मास्ने जोखिम देखिएपछि आफुहरुले बिद्रोह गरेर समाजवादी पार्टी रोजेको अध्यक्ष थापाले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा समाजवादीका नेता डा. पौडेलले कम्युनिष्ट आन्दोलनको पुनगर्ठनका लागि समाजवादी पार्टी गठन गरिएको बताएका थिए । उनले ओली नेतृत्वको एमाले पार्टी पूर्णत दक्षिणपन्थी दलदलमा फसिसकेको र त्यहाँ कम्युनिष्ट विचारले मान्यता पाउन समेत छाडेको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्