Shikhar Insurance
National Life

खुलेकै दिन चन्द्रागिरिमा दुई हजार जना पुगे

सिंहदरबार संवाददाता
२०७८ भाद्र १९, शनिबार २०:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।

चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, “सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।” उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए ।

यसैगरी आजदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्