काठमाडौं । रौतहटका नेकपा एमालेका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादी रोजका छन् । नेकपा एमालेबाट विभाजन भएको दलमा सिंगो रौतहट माधव नेपालको पार्टीमा लागेको हो ।
रौतहटका एक उपमेयरसहित अधिकांश वडाध्यक्ष, सदस्यलगायत जनप्रतिनिधिले एमाले छाडेका छन् । एकीकृत समाजवादीमा लाग्दा रौतहट जिल्ला नै माधव नेपालमय भएको छ ।
प्रदेश नं. २ मा निकै कमजोर देखिएको एमालेको रौतहटमा नामनिशानै हराउने भएको छ ।
यसैबीच एकीकृत समाजवादीको जिल्ला कमिटीको पहिलो वैठक बसेको छ ।
प्रतिक्रिया दिनुहोस्