Shikhar Insurance
National Life

तालिबान भन्छः चीन हाम्रो बेस्ट फ्रेन्ड, तामा खानी आधुनिकीकरण गर्ने तयारी

talib
२०७८ भाद्र १८, शुक्रबार १६:५३
Hyundai
NCELL
NIMB

एजेन्सी । सत्ता कब्जा गरेको अफगानिस्तानको बिद्रोही समूह तालिबानले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अफगानिस्तानको आर्थिक भविष्य चीनको साथ र हातमा रहेको बताएका हुन् ।
तालिबानले चीनलाई युद्धबाट क्षति पुगेको मुलुकको पुनर्निर्माणका लागि आग्रह पनि गरेको छ ।

अफगानिस्तानबाट विदेशी सैनिकहरू फिर्ताभइसकेका छन् भने तालिबानले सरकार बनाउने प्रक्रिया सुरु गरेको छ । अफगानिस्तान आर्थिक र खाद्य संकटको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रवक्ता मुजाहिदले चीनको न्यु सिल्क रोडबाट अफगानिस्तानले फाइदा लिने बताएका छन् । उनले अफगानिस्तानमा रहेको तामाको ठूलो खानीलाई आधुनिकीकरण गर्ने पनि बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्