Shikhar Insurance
National Life

आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १३:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भाद्र २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्यान्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेस्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने व्यहोरा समेत जानकारी गराएको ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगतमा झैं आगामी दिनमा पनि यात्रु तथा भक्तजनहरुले देखाउनु भएको साथ र सद्भावको समेत मनकामना केबुलकारले अपेक्षा गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्