Shikhar Insurance
National Life

केपी ओलीलाई एमालेबाट निकाल्ने त्यो ‘ग्राण्ड डिजाइन’

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । एमाले विवाद उत्कर्षमा रहेका बेला केपी ओली र उनी निकट नेताहरु भन्थे ‘अब माधव नेपाल बिहिन एमाले बन्छ ।’ र उनीहरु त्यसमा सफल पनि भए । नेपालसँग रहेका १० भाईलाई फल्याईफुस्ल्याई एमालेमै राख्न सके र नेपाल चाँही बिद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भए। आज त्यहि एमालेमा ओलीलाई निकाल्ने ‘ग्राण्ड डिजाइन’ सुरु भएको छ र त्यसको नेतृत्व गरिरहेका छन् माधव नेपाल छाडेर एमालेमै बसेका १० भाईहरुले ।

१० भाईमध्ये पनि सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराईहरु ओली बिहिन एमाले बनाउने भन्दै कस्सिएका हुन् । उनीहरुले आफु निकट कार्यकर्ताहरुसँग भन्ने गरेका छन् की ओली समुहभित्र ठूलो बिग्रह छ, त्यसलाई बिद्रोहमा रुपान्तरण गरेर एमाले कब्जा गर्ने हो । अर्थात केपी ओलीलाई नै एमालेबाट विदा गर्ने हो ।
केपी ओलीले उपयुक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने भनेका छन् भने ओलीको उत्तराधिकारीका रुपमा हेरिएका शंकर पोखरेलले पार्टी नेतृत्व अझै एक कार्यकाल ओलीले नै गर्ने भनिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीले आफु अनुकुल भारदारी सभा जस्तो पार्टी बनाउने गरि विधान संसोधन प्रक्रिया समेत अघि बढाईसकेका छन् । ओलीले आफु महाधिवेशनबाट निर्विरोध चुनिने र आफुले चाहेका मान्छेलाई मात्रै केन्द्रिय समिति र पदाधिकारीमा ल्याउने तयारी थालेका छन् । तर उनलाई काउन्टर दिन सुरेन्द्र पाण्डेहरुले ग्राण्ड डिजाइन थालेका छन् ।
‘केपी ओली समुहमा ओलीका विरुद्धमा थुप्रै मान्छे छन्, तर उनीहरु बोल्न सक्दैनन्, त्यसलाई हामीले क्यास गर्ने हो, अनि ओलीलाई हटाएर अर्काे कार्यकाल पार्टी कब्जा गर्ने हो’, स्थानीय तहका जनप्रतिनिधीहरुलाई स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेहरुले भन्ने गरेका छन् ।

पाण्डेले दशौं महाधिवेशनमा ओलीका विरुद्ध सुभाष नेम्बाङ वा बिष्णु पौडेललाई उम्मेदवार बनाएर जिताउने र आफु महासचिव बन्ने योजना बनाएका छन् । ओलीलाई पार्टी प्रमुखबाट हटाएर आफु महासचिव बनेपछि ११ औं महाधिवेशनमा सिधै पार्टी अध्यक्ष बनेर एमाले कब्जा गर्ने योजना उनीहरुले आफु निकटस्थहरुलाई सुनाउने गरेका छन् ।

त्यसो त ईश्वर पोखरेलले पनि आफु अध्यक्ष बन्न तयार रहेको सन्देश दिईसकेका छन् । बिष्णु पौडेल र सुभाष नेम्बाङहरुले पनि यसपाली पार्टी अध्यक्ष बन्न नसकिए अर्काे पटक आफ्ना लागि थप प्रतिकुल हुने निष्कर्ष निकालेको श्रोत बताउँछ । ओलीले आफु अध्यक्ष दोहोरिएर शंकर पोखरेललाई महासचिव बनाउने तयारी थालेका छन् । पोखरेल महासचिव बनेमा ११ औं महाधिवेशनमा ओलीले कुनै हालतमा शंकर पोखरेललाई नै अध्यक्ष बनाउने उनीहरुको बुझाई छ ।

ईश्वर पोखरेलको असन्तुष्टि, सुभाष नेम्बाङ र बिष्णु पौडेलहरुको महत्वकांक्षामा टेकेर केपी ओलीलाई यसैपाली पार्टी नेतृत्वबाट बिदा गर्ने डिजाइनमा पाण्डेहरु लागेका छन् । भिम रावलको राजनीति अहिले नै सकिएको उनीहरुको बुझाई छ । पाण्डेहरुले एमालेबाट माधव नेपालहरुको बहिर्गमन, भिम रावलको राजनीति समाप्त पार्ने काम र ओलीलाई समेत नेतृत्वबाट हटाउने सफलता एकै पटक प्राप्त हुनै लागेको भन्दै तलतल कार्यकर्ताहरुलाई बताउने गरेको श्रोत बताउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्