Shikhar Insurance
National Life

हामीले जबज छोडेका छैनौंः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १८:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलिय जनवाद नछाडेको स्पष्ट पारेका छन् । उनले संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै आफुहरुले जबज छाडेको भन्ने गलत हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

‘हामीले जबज छाडेको भन्ने गलत प्रचारको हल्लामा नलाग्न आग्रह गर्छु, हामी नेपाली माटो सुहाउँदो समाजवाद स्थापनाको बाटोमा अघि बढेका छौं ।’, बरिष्ठ नेता नेपालले भने । उनले केपी ओलीको पार्टी दक्षिणपन्थी दलदलमा फसेकाले आन्दोलनको पुनर्गठन गर्न आफुले नयाँ पार्टी बनाएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष नेपालले १० बुँदको भ्रममा नपर्न आम कार्यकर्ता र जनप्रतिनिधीहरुलाई आग्रह पनि गरेका छन् । उनले केपी ओलीले आन्दोलन समाप्त पार्ने अभियान चालेको पनि बताए । ओलीले अहिलेसम्म प्रतिनिधी सभा बिघटनलाई गल्तिका रुपमा स्वीकार नगरेकाले उनी सुध्रिने भ्रममा नपर्न आग्रह पनि गरे ।

आफ्नो पार्टी माओवादीमा विलिन समेत नहुने उनले स्पष्ट पारे । उनले माओवादीसँग पार्टी एकताको कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे । ‘यो पार्टी बिद्रोह गरेर जन्मिएको हो, माओवादीमा विलय हुन्छ भन्ने भ्रम पनि नपाले हुन्छ’, अध्यक्ष नेपालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्