Shikhar Insurance
National Life

४० वटा बिजुली बस किन्न लागेको साझाको पूर्वाधार हेर्न पुल्चोक पुगिन् ऊर्जा मन्त्री, यस्तो रहेछ तयारी

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिएकी छन् । पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन् ।

सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चर्जिङ स्टेसनको अवस्थाबारे बताए । उनले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टेन्डर आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस आइपुग्ने जानकारी गराए ।

चरणबद्ध रूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताए । उनले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरिन् । भुसालले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिइन् । उच्च व्यापारघाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन् ।

त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनका सरकारका तर्फबाट सहयोग हुने बताउँदै आगामीमा दिनमा उपयुक्त तवरले संरचना खडा गरेर आगाडि बढ्ने सबै निकायले पहल गर्नुपर्ने बताए ।

त्यसैगरी सञ्चलन समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसको खरिद प्रक्रिया र लगातबारे जानकारी गराउनुभयो । उनका अनुसार करबाहेक एउटा बस खरिदका लागि १ करोड ५ लाख पर्नेछ । कर, चार्जर र ५ वर्षको मर्मत खर्चसहित प्रति बस १ करोड ५२ लाख रूपैयाँ लाग्नेछ ।

यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो । पहिलो चरणमा ६१ करोडको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ । साझाले आह्वान गरेको बोलपत्रमा ९ वटा चिनीयाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन(नान्जीङ) अटोमोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो ।

तुलाधरका अनुसार अबको चार महिनामा तीनवटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ । सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ । बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान गरिनेछ । जुन चार घण्टामा चार्ज हुनेछ ।

पछिल्लो समय सरकारले साझामा तीन अर्बको सेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ । हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ ।

साझाले पुल्चोकको २२ रोपनी क्षेत्रफलमा ‘साउथ एसिया सेन्टर’ स्थापना गर्ने योजनासमेत बनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्