Shikhar Insurance
National Life

लगातार ओर्लंदै सेयर बजार, ५० अंकको पहिरो आउँदा साढे ९ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से ओरालो लाग्ने क्रमले साताको अन्तिम दिन पनि निरन्तरता पाएको छ । बिहीबार नेप्से परिसूचकमा ५० अंकको पहिरो गएको हो ।

कारोबारमा आएका १ सय ५८ कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक ५०.२८ अंकले घटेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विकास बैंक, वित्त कम्पनी, जलविद्युत, लगानी समूहमा उच्च अंकको गिरावट आउँदा नेप्से भारी अंकले घटेको छ । पोजिटिभ सर्किट लागेका सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तसहित २३ कम्पनीको सेयर मूल्य भने बढेका छन् । सदाझैं अरूण भ्याली हाइड्रोको सर्वाधीक ५७ करोड रूपैयाँको सेयर किनेबच भयो ।

कारोबार सुरू हुँदा बढ्ने संकेत गरेको नेप्से १२ बजेछि निरन्तर घटेको हो ।

सेयर बजारमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमाले नराम्रो असर परेको छ । ऋणी लगानीकर्ता सेयर बेचेर बैंकको कर्जा चुक्ता गर्न लागिपरेको बताइएको छ । जसका कारण सेयर बजारमा गिरावट आएको जानकार बताउँछन् ।

बजारमा २ सय ३० स्क्रिप्टका १ करोड ८१ लाख कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख रूपैयाँमा किनबेच भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्