Shikhar Insurance
National Life

मोबैंकबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक)मार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ । बैंकले दुई महिनासम्म निःशुल्क सेवा दिने योजना सार्वजनिक गरेको हो ।

भदौ १६ गतेदेखि कात्तिक १४ सम्म लागू हुने योजनामा मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका ग्राहकले मोबैंकमा रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप गरेपछि रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्छन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्