Shikhar Insurance
National Life

९०० मेगावाटको अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार ०८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका विवरण सङ्कलन शुरु गरिएको छ ।

सङ्खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबरमा अरुण तेस्रोको प्रसारणलाइन जोडिने आयोजनाका साइडअफिस को–अर्डिनेटर प्रवीण यादवले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विसं २०७२ मा गरिएको गुगल परीक्षणका क्रममा साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ३०/४० घरका १३८ कित्ता जग्गा अधिग्रहण गर्ने निश्चित गरिएको छ ।

प्रसारणलाइनको रुट निश्चित गरेसँगै त्यो बेला रुटमा पर्ने जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो तर, हाल पहिरो, खोलाखोल्सी, मानव बस्ती, पहरालगायतका प्राकृतिक अवरोधलाई छल्न जलविद्युत् आयोजनाको रुट सामान्य परिवर्तन भएपछि अधिग्रहण हुने जग्गाको पुनः यकिन गर्न शुरु गरिएको यादवले बताए ।

आयोजनाको रुट परिवर्तन भएसँगै दुई वर्षदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिसकिएको छ । जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रसारणलाइनले ओगट्ने जग्गा छुट्याउने र मुआब्जा दिलाउने प्रक्रिया सुरु हुने आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना प्रसारणलाइनअन्तर्गत खोटाङका दुई गाउँपालिकामा ७९ खम्बा राखिने जनाइएको छ । पहिले राखिएका खम्बा पुनः अर्को ठाउँ सार्न नमिल्ने भएकाले अनिवार्य जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था आएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्