काठमाडौं । मनास्लु हिमालमा शरद आरोहणका लागि ४ टोलीले अनुमति पाएको छ । पर्यटन विभागले हिजो र आज गरी ४ टोलीका ५२ जनालाई आरोहणको अनुमति दिएको हो ।
उनीहरूबाट सरकारले ५५ लाख २ हजार रूपैयाँ रोयल्टी उठाएको छ ।
चढ्ने अनुमति पाउने ५२ जनामध्ये ९ जना महिला छन् । उनीहरू किलर माउन्टेन भनेर चिनिने हिमाल आरोहण गर्न तयार भएका हुन् ।
गोरखा जिल्लामा पर्ने ८ हजार १ सय ६३ मिटर अग्लो हिमाललाई स्थानीयले किलर माउन्टेनको नाम दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्