Shikhar Insurance
National Life

छानबिनमा सघाउँछुः अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १९:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले सरकारले गठन गरेको छानबिन समितिलाई सघाउने बताएका छन् । सर्वोत्तम सिमेन्टको सेयर छोरीले खरिद गरेकामा ढुंगानाको संलग्नता भए/नभएको छानिबन गर्न तथा गैरकानुनी भए नभएको पत्ता लगाउन मन्त्रिपरिषद्ले गठन गरेको समितिलाई आफूले पूर्णरूपमा सघाउने बताएका हुन् ।

सिंहदरबारसँगको कुराकानीमा ढुंगानाले भने, “मेरो संलग्नता रहे-नरहेको छानबिन गर्न समिति बनेको रहेछ । म पूर्णरूपमा सहयोग गर्नेछु ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढुंगानाले सेयर खरिदमा आफू संलग्न नभएको र कानुनअनुसार आफू गलत नभएको दाबी गर्दै आएका छन् । उनका अनुसार उनी विवाहित छोरी एकाघर परिवार सदस्य होइनन् ।

छानबिन समितिमा पूर्व न्यायधीश अनन्तराज डुम्रेको संयोजकत्वमा नारायणप्रसाद पौडेल विज्ञ सदस्य र कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्