Shikhar Insurance
National Life

कारोबारमा आएका आधाभन्दा बढी कम्पनीको मूल्य घट्यो, नेप्सेमा भने झिनो सुधार

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १६:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । कारोबारमा आएका आधाभन्दा बढी कम्पनीको सेयर मुल्य घटेपनि नेप्से परिसूचकमा भने भिनो सुधार आएको छ । १ सय ५ कम्पनीको सेयर मूल्य घटेको दिन नेप्से १.१८ अंकले बढेको हो ।
नेप्से परिसूचक बढेर २९७७.०२ अंकमा पुगेको छ । ६८ वटा मात्र कम्पनीको सेयर मुल्य बढेको छ भने ११ वटाको यथावत रहे ।

होटल, बैंक, लगानी, जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकीको ओरालो लागे । यी समूहका सेयरले नेप्से बढ्नमा टेवा दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रुरु हाइड्रोको सेयर मूल्य सर्वाधिक ७.५५ प्रतिशतले बढ्दा सनराइज फस्ट म्युचुअल फन्डको मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो शीर्षमा रह्यो ।

बजारमा कुल १ करोड ७१ लाख कित्ता सेयर ९ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भए ।

नेप्से सामान्य अंकले बढ्दा बजार पुँजीकरण ४१ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्