Shikhar Insurance
National Life

कुटपिटबाट महिलाको मृत्यु

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १३:४६
Hyundai
NCELL
NIMB

सिरहा । जिल्लाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताए । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्