Shikhar Insurance
National Life

अन्ततः १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किए रोनाल्डो

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २१:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः आफ्नो पूर्व क्लब मेन्चेष्टर युनाइटेड फर्किएका छन् । उनलाई क्लबले आगामी दुई वर्षका लागि अनुबन्ध गरेको छ । उनी १२ वर्षपछि युनाइटेड फर्किएका हुन र उनलाई सम्झौता थप्ने विकल्प पनि दिईएको छ ।

रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेलेका रोनाल्डोले त्यसपछि रियल मड्रिड र युभेन्ट्सका लागि खेले । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । युनाइटेडबाट उनले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कप जितेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो स्पेनिस क्लब रियलमा ९ सिजन खेलेर सन् २०१८ मा युभेन्ट्स पुगेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्