Shikhar Insurance
National Life

रिलायबल लाइफ ४ वर्ष पुरा, यसरी मनाइयो स्थापना दिवस (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २१:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स स्थापनाको ४ वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । ‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको इन्स्योरेन्सले स्थापनाको छोटो समयमा नेपाली बीमा बजारमा ३६ लाख भन्दा बढी बीमालेखहरु जारी गरेको दाबी गरेको छ ।

कम्पनीले आफूले यसरी छुट्टै पहिचान राख्न सफल भएको दाबी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चौंथो वार्षिकउत्सवको अवसरमा कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बिहान ८ बजेदेखि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजन गरियो भने काठमाडौंको जोरपाटी स्थित नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई खाद्य्य सामाग्री वितरण गरियो ।

साथै धनगढी, महेन्द्रनगर, अत्तरिया, बाग्लुङ, दुलेगौंडा, पोखरा, काठमाडौ लगायतका स्थानमा खाद्य सामाग्रीहरु वितरण गरिएको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले सप्तरीको प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिर सरसफाई तथा तनहुँको आँबु खैरेनीमा सरसफाई सामाग्रीहरु वितरण गरेको छ भने सुर्खेत तथा दैलेखमा निःशुल्क मास्क वितरण गरेको जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्