Shikhar Insurance
National Life

सिन्धुपाल्चोकमा क-कसले रोजे माधव नेपालको नेकपा(एकिकृत समाजवादी) ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धुपाल्चोक एमालेका शीर्ष नेताहरु धमाधम नेकपा (एकीकृत समाजवादी) मा खुल्न थालेका छन् । पार्टी विभाजनसँगै भदौ २२ सम्म खुलेर पार्टी रोज्न पाइने निर्वाचन आयोगको प्रावधान अनुसार नेताहरु एकिकृत समाजवादी तर्फ खुल्न थालेका हुन् ।

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्मा, एमाले राष्ट्रिय परिषद सदस्य नवराज पौडेल र बाग्मती प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङले एकीकृत समाजवादी पार्टी रोजेका छन् । मेलम्ची नगरपालिकाकी उपप्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य भगवती नेपाल र एमाले प्रदेश कमिटी सदस्य सोम सापकोटाले पनि एमाले छाडेर माधव नेपालको पार्टी रोजिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौंमा आयोजीत एक कार्यक्रममा उनीहरुले नेकपा(एकिकृत समाजवादी)मा आवद्ध भएको घोषणा गरेका हुन् । सिन्धुपाल्चोकका अन्य केहि उपल्लो तहका नेताहरु पनि माधव नेपालसँग छलफल गरेर पार्टी काममा आउने तयारीमा रहेको श्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्