Shikhar Insurance
National Life

वाग्मतीका ११ सांसद्‌ले रोजे एकीकृत समाजवादी, शाक्य सरकार ढल्ने निश्चित

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । वाग्मती प्रदेशका ११ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरूले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् ।
११ प्रदेशसभा सांसदले प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गरेका छन् ।

नयाँ पार्टी रोज्ने सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेकपा (एस)मा अरू सांसदहरू पनि थपिने बताइएको छ ।

यससँगै प्रदेश सरकार अल्पमतमा परेको छ । वाग्मतीमा एमालेको एकल बहुमत थियो । १ सय ९ सदस्यिय सभामा एमालेका ५६ सांसद थिए ।

नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने देखिएको छ । र, उनले विश्वासको मत नपाउने निश्चित भएको छ । शाक्यलाई सत्ताबाट हटाएर नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्