Skip to content
Shikhar Insurance
National Life

भदौ २५ गतेदेखि एक अर्बको नविल ब्यालेन्स्ड फण्ड ३ आउँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । भदौ २५ गतेदेखि नबिल ब्यालेन्स्ड फण्ड ३ आउने भएको छ । नविल बैंकको पूर्ण स्वामित्वमा रहेको नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड म्युचुल फण्ड निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

कुल इकाईको १५ प्रतिशतले हुने एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत अर्थात न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ।

बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणले खरिद गर्न सक्नेछन् । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। फण्डमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। यो १० वर्ष अवधीको एक बन्दमुखी योजना हो।

GBIME

प्रतिक्रिया दिनुहोस्