Shikhar Insurance
National Life

ओलीको गढ भत्काउन कास्कीमा माधव नेपालको टिम, युवादेखि अनुभवीसम्म

सिंहदरबार संवाददाता
२०७८ भाद्र १४, सोमबार २१:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । गण्डकीको कास्की जिल्लामा गठित तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी पुरै नेकपा(एकिकृत समाजवादी)मा विलय भएको छ । व्यवसायीक पृष्ठभूमिका युवा नेता धनराज आचार्य नेतृत्वको पुरै कमिटी एकिकृत समाजवादी बनेको हो । अध्यक्षको जिम्मेवारीमा रहेका आचार्य कास्कीका स्थापित व्यवसायी हुन भने पृथ्वी नारायण क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन् । आचार्यले लायन्स क्लबको गभर्नरका रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

आचार्य नेतृत्वको एकिकृत समाजवादीको सचिवमा होम नेपाली रहेका छन् । आचार्य नेतृत्वको १८५ सदस्यिय पुरै जिल्लाले सर्वसम्मत रुपमा एकिकृत समाजवादी पार्टी रोजेको हो । त्यस्तै, पोखरा महानगर कमिटीमा गठित समानान्तर कमिटी पनि एकिकृत समाजवादीमा विलय भएको छ । महानगरमा मुक्ति पौडेल अध्यक्ष र सुशिल बस्नेत सचिव रहेको १ सय ४१ सदस्यीय महानगर कमिटी गठन भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब सो कमिटी पुरै एकिकृत समाजवादीमा रुपान्तरण भएको हो । कास्कीमा तुलनात्मक रुपमा कमजोर आँकिएको एकिकृत समाजवादीले ओली एमालेलाई टक्कर दिने गरि संगठन संचरना निर्माण गरेको हो । व्यवसायीक पृष्ठभूमिका युवाहरुको साथमा कास्की एकिकृत समाजवादीले अनेरास्ववियुको दुई कार्यकाल अध्यक्ष रहेका पूर्व मन्त्री तुलबहादुर गुरुङ, श्रीनाथ बराल, चुडामणि विक जंगली, दिलु पन्त लगायतका केन्द्रिय नेतृत्व खटाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्