Shikhar Insurance
National Life

सरकारलाई पूर्णता दिने गठबन्धनको निर्णय, माधव नेपालको पार्टीले मन्त्रीका लागि मापदण्ड बनाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १४, सोमबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए ।

माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले भने मन्त्री बनाउनका लागि मापदण्ड बनाउने भएको छ ।  रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्