Shikhar Insurance
National Life

द क्लिफमा नयाँ फेमिली पिङ सञ्चालनमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र १४, सोमबार १४:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको ‘द क्लिफ’ले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सञ्चालनमा आएको छ।

बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी पिङको निर्माण गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जमिनबाट १६ मिटर अग्लो बनाइएको पिङमा परिवार एकसाथ बसेर मज्जा लिन सकिन्छ । अधिकतम ३ सय ५० किलो क्षमता रहेको पिङ खेल्न प्रती ब्यक्ती २ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। स्टिल कोर केबलको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ ।

विश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सन्चालनमा ल्याएको छ । द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रुपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्