Skip to content
Shikhar Insurance
National Life

सभामुखद्वारा माधव नेपालको पक्षमा निर्णय, नयाँ दलमा रहेका १४ जना सांसद पदमा यथावत्

Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख अग्नी सापकोटाले माधव नेपालको पक्षमा निर्णय गरेका छन् । ह्वीप उल्लंघन गरेको आरोपमा सांसद पदमुक्त गर्ने नेकपा एमालेको सिफारिस प्रतिकुल हुने निर्णय सभामुखबाट भएको हो ।

एमालेले नेता नेपालसहित १४ सांसदलाई कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएको थियो । तर, उनीहरूले अध्यादेशअनुसार नयाँ दल गठन गरेसँगै संसद सचिवालयले उनीहरूलाई कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।

नेता नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दल गठन भएको छ । एमालेले त्यसअघि नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते जानकारी गराएको थियो ।

एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ मध्ये नेपाल पक्षधरका मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाही गरेको थियो ।

उनीहरू नयाँ दलमा गएका कारण कारबाही गर्नु नपर्ने निर्णय संसद सचिवालयले गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्